धादिङको सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ चार वैकल्पिक अस्थायी रुट कायम
nagariknews.nagariknetwork.com · Tue Sep 01 03:14:34 GMT 2026

यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालन सहज बनाउन चारवटा वैकल्पिक सडकलाई अस्थायी यातायात रुट कायम गरिएको छ।
ती मध्ये धादिङबेँशी-सुनौलाबजार-भोर्ले, लस्करे- कोशीखोला-फोर्सेटार-कल्लेरीटार प्रभावकारी रहेको जनाइएको छ। कूल ३६ किलोमिटर सो सडकका केही स्थानमा पिच रहेको छ , केही स्थानमा स्तरोन्नतिका क्रममा छ भने केही स्थानमा तत्काल स्तरोन्नति र कोशीखोलमा ‘बेलिब्रिज’ राख्न जरुरी रहेको देखिन्छ।
Read full story at source (nagariknews.nagariknetwork.com)