टेलिमेडिसिनले घटायो आर्थिक बोझ
gorkhapatraonline.com · Tue Sep 01 03:31:25 GMT 2026

टेलिमेडिसिन सेवा (भिडियो कल वा इन्टरनेटमार्फत स्वास्थ्यसम्बन्धी परामर्श लिने) सेवाले कर्णालीका दुर्गम क्षेत्रका बिरामीका लागि धेरै नै सहज भएको छ भने विपन्न परिवारको आर्थिक बोझ घटाएको छ ।
आफ्नो स्वास्थ्य समस्या विशेषज्ञ चिकित्सकसामु भिडियो कलमा खुलेर व्यक्त गर्न पाउने भएपछि बिरामीको मनोबलसमेत उच्च देखिएको छ । उच्च रक्तचापको समस्याबाट ग्रसित मुगुकी अमृता हमाललाई नियमित फलोअप गर्नुपर्ने धेरै समस्या छ तर उहाँले भिडियो कलमार्फत (टेलिमेडिसिन सेवा) सुर्खेतस्थित प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिएर उपचार जारी राख्नुभएको छ । औषधी परिवर्तनदेखि नियमित फलोअपसम्म सबै सेवा आफ्नै जिल्लाबाट पाइरहनुभएको छ । जिल्लामै उपचार पाएपछि बाहिर जाने पैसा पनि जोगिएको छ भने घरमै बसेर उपचार पनि पाउनुभएको छ । अहिले कर्णालीका दुर्गम जिल्लाका विपन्न नागरिकले आफ्नै जिल्लाबाट विशेषज्ञ स्वास्थ्य सेवा लिन थालेका छन् ।
Read full story at source (gorkhapatraonline.com)