नेपाल खानेपानी संस्थानका १९८ पदको विज्ञापन रद्द
ratopati.com · Tue Sep 01 03:38:27 GMT 2026

संस्थानका अनुसार, पूर्वाधार विकास मन्त्रालयको गत असार ३२ गतेको पत्रअनुसार साविकको संस्थान अस्तित्वमा रहने नदेखिएको र सम्बन्धित स्थानीय तहहरूमा हस्तान्तरण प्रक्रिया अघि बढाउनु पर्ने भएकाले विज्ञापन रद्द गर्न निर्देशन प्राप्त भएको थियो। सोही निर्देशन र लोक सेवा आयोगको भदौ ३ गतेको सहमतिअनुसार संस्थानको पदपूर्ति समितिको बैठकले विज्ञापन रद्द गर्ने निर्णय गरेको हो।
विज्ञापन रद्द भएसँगै दरखास्त दिएका आवेदकहरूले आफूले बुझाएको परीक्षा दस्तुर फिर्ता पाउने भएका छन्। दस्तुर फिर्ता लिन इच्छुक आवेदकहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थानको तोकिएको शाखा कार्यालय वा प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ।
Read full story at source (ratopati.com)