काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
corporatenepal.com · Tue Jun 09 04:21:34 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘जो बेसहारा, काठमाडौँ महानगरपालिकाको अभिभारा’ नारासहित सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गरे । उनले अभियानको सफल कार्यान्वयनका लागि नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता गरेका छन् ।
आगामी दिनमा सडक वा सार्वजनिकस्थलमा भेटिन सक्ने सहयोगापेक्षीको व्यवस्थापनका लागि सम्पर्क, सम्बन्ध, सहयोग र समन्वय तथा एकीकृत प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यका साथ गरिएको सम्झौतामा महानगरका तर्फबाट कार्यवाहक प्रमुख डङ्गोल, नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरे ।
Read full story at source (corporatenepal.com)