तनहुँमा १५ बेवारिसे शवको व्यवस्थापन
gorkhapatraonline.com · Tue Sep 01 03:44:31 GMT 2026

तनहुँको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका क्षेत्रमा पर्ने त्रिशूली नदीमा फेला परेका १५ वटा बेवारिसे शवको व्यवस्थापन गरिएको छ । भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएका र हालसम्म पहिचान हुन नसकेका ती शवलाई व्यास नगरपालिका–५ स्थित जङ्गल क्षेत्रमा व्यवस्थापन गरिएको हो ।
भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान गर्न सकिने गरी कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरेर सोमबार शव व्यवस्थापन गरिएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)