‘जलवायु न्यायका लागि अन्नपूर्ण’ अभियान सुरु
annapurnapost.com · Tue Sep 01 03:45:03 GMT 2026

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले हिमताल विस्फोट, बाढी–पहिरोजस्ता विपद््ले ल्याउने समस्या अन्तर्राष्ट्रियकरण गर्न ‘जलवायु न्यायका लागि अन्नपूर्ण’ अभियान सुरु गरेको छ। रसुवाको भोटेकोशीको जलप्रलयले मानवीय र भौतिक क्षति बेहोरिरहेको बेला सञ्चारमाध्यमबाट यी विषयलाई प्राथमिकता साथ उठाउन सोमबारबाट यो अभियान सुरु भएको हो।
संयुक्त राष्ट्र संघीय एवं क्षेत्रीय मञ्चहरूमा सशक्त दबाब सिर्जना गर्न सञ्चारक्षेत्रबाट भूमिका निर्वाह गर्ने, त्यसका लागि सम्मेलन, डायलगसहितका कार्यक्रम गर्न लागिएको अन्नपूर्ण मिडियाका कार्यकारी निर्देशक लालबहादुर ऐरीले जानकारी दिए।
Read full story at source (annapurnapost.com)