"के कांग्रेसभित्रको आन्तरिक कलह अन्ततः फुटमा परिणत भयो?"— केपी ओलीको त्यो विवादास्पद घोषणाको भित्री रहस्य के हो?
barnanmedia.com · Tue Jun 30 14:17:22 GMT 2026

काठमाडौँ,(२०८३) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस औपचारिक रूपमै विभाजित भइसकेको दाबी गर्दै राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरिदिएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले यस्तो सनसनीपूर्ण टिप्पणी गरेका हुन्। कांग्रेसभित्रको आन्तरिक कलह र गुटबन्दी अन्तिम बिन्दुमा पुगेको सङ्केत गर्दै ओलीले भने— “कांग्रेस त फुटिसक्यो। हामीले त अब त्यसबाट सिकेर वामपन्थी एकतालाई जोगाउनुपर्छ र थप मजबुत पार्नुपर्छ।”
पार्टी एकताबद्ध रहेको दाबी गर्दै ओलीले पछिल्लो निर्वाचनको परिणामलाई पराजय नभई अस्थायी धक्का मात्र भएको उल्लेख गरे। विपक्षी र घेराबन्दी गर्नेहरूलाई कडा चेतावनी दिँदै उनले अगाडि भने— ‘हामी लडेका छौं, तर मरेका छैनौं । फेरि उठ्छौं हामी र फेरि उठेर प्रक्रियावादीहरूसँग लड्छौं र पराजित गर्छौं।’ ओलीले वामपन्थी आन्दोलनलाई बलियो बनाउन संगठनात्मक एकता, वैचारिक स्पष्टता र दीर्घकालीन सहकार्य आवश्यक रहेको उल्लेख गर्दै एकतापछि विभाजन दोहोरिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा विशेष जोड दिएका छन्।
Read full story at source (barnanmedia.com)