व्यवहार फेरिँदै, समाज बदलिँदै
gorkhapatraonline.com · Tue Sep 01 03:52:38 GMT 2026

बुङ्गल नगरपालिका–९, देउलीकोटका स्थानीयको दैनिकी पछिल्ला केही वर्षयता बिस्तारै फेरिँदै गएको छ । महिनावारीका बेला महिलालाई घरभन्दा अलग्गै राख्ने चलनदेखि घरायसी काममा महिलामाथि बढी जिम्मेवारी थोपर्ने, बालविवाह गर्ने, मदिरा सेवनपछि घरपरिवारमा झैझगडा गर्ने, छोराछोरीबिच विभेद गर्ने र सरसफाइमा बेवास्ता गर्ने व्यवहारमा परिवर्तन आउन थालेको स्थानीय बताउँछन् ।
सामाजिक कुरीति, कुप्रथा र विभेद हटाउँदै मानिसको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सञ्चालन गरिएको समान व्यवहार परियोजना यस परिवर्तनको एउटा महत्वपूर्ण आधार बनेको छ । युनाइटेड मिसन टु नेपाल (युएमएन) को आर्थिक सहयोगमा दलित सहयोग समाजले बुङ्गल नगरपालिकाको देउलीकोट र कफलसेरी क्षेत्रमा सञ्चालन गरेको परियोजनाले सामाजिक चेतना अभिवृद्धिसँगै आयआर्जनका गतिविधिलाई पनि जोड दिएको छ ।
Read full story at source (gorkhapatraonline.com)