सडक मर्मत नहुँदा बिरामी अस्पताल पुर्याउनै सास्ती
gorkhapatraonline.com · Tue Sep 01 03:59:20 GMT 2026

बाजुरामा ग्रामीण सडक मर्मत नहुँदा यहाँका बिरामीलाई अस्पताल लैजान निकै समस्या हुने गरेको छ । गत जेठदेखि अवरुद्ध हुँदै आएका यहाँका ग्रामीण सडक अझै सञ्चालन हुन सकेका छैनन् । सडक सञ्चालन नहुँदा अहिले यहाँका बिरामीलाई अस्पताल पुर्याउन निकै सास्ती हुने गरेको हो ।
सडक अवरुद्ध हुँदा गाउँमा कोही बिरामी परिहाले स्ट्रेचरमा हालेर अस्पताल पुर्याउनुपर्ने बाध्यता रहेको बुढीनन्दा नगरपालिकाका बासिन्दा चक्र रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्खाको समय गाउँमा युवा पनि कोही हुँदैन । सडक सञ्चालन भएको भए बिरामीलाई गाडीमा हालेर लैजान सहज हुन्थ्यो । सडक अवरुद्ध हुँदा बिरामी बोक्न समस्या हुने गरेको छ ।”
Read full story at source (gorkhapatraonline.com)