दुई घण्टाको बाटो पार गर्न आठ दिन
gorkhapatraonline.com · Tue Sep 01 04:03:40 GMT 2026

छायानाथ रारा नगरपालिका–८ झ्यारीमा सडक निर्माणका क्रममा यातायात सञ्चालनमा समस्या भएपछि सामान्य अवस्थामा एक–दुई घण्टामा पुगिने सदरमुकाम गमगढी पुग्न आठ दिनसम्म लाग्ने गरेको छ ।
सडक निर्माणको जिम्मा पाएको प्रभात उपमा जेभीले सडक चौडा बनाउने क्रममा यातायात सञ्चालनका लागि पर्याप्त व्यवस्थापन नगर्दा स्थानीयवासी, यात्रु तथा चालकले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । सडक डिभिजन कार्यालय जुम्लाको प्राविधिक सहयोगमा उक्त सडक निर्माण भइरहेको छ ।
Read full story at source (gorkhapatraonline.com)