प्रधानमन्त्री दैवी प्रकोप कोषमा शंकर ग्रुपको ४ करोड सहयोग
lokaantar.com

देशभर हालै आएको विनाशकारी प्राकृतिक विपद् र बाढीपहिरोका कारण उत्पन्न सङ्कटको घडीमा शंकर ग्रुपले पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि ठूलो आर्थिक सहयोग घोषणा गरेको छ। ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
विपद्पीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने मुख्य उद्देश्यसहित शंकर ग्रुपका निर्देशकदीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
Read full story at source (lokaantar.com)