मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लेमन ट्रि प्रिमियर तथा टेस्ला डाएगनोस्टीक मा विशेष छुट
bishowkhabar.com · Fri Aug 14 04:46:35 GMT 2026

मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंकोे बुढानिलकण्ठमा रहेको “ लेमन ट्रि प्रिमियर बुढानिलकण्ठ होटेल (Lemon Tree Premier Budanilkantha) र काठमाडौंकोे बालुवाटारमा रहेको “ टेस्ला डाएगनोस्टीक (Tesla Daignostic) ” संग विभिन्न सेवासुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।
यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले यस होटेलमा बसाई तथा खानामा १५% सम्म छुट र स्पामा २० %सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, टेस्ला डाएगनोस्टीकमा प्याथोलोजी टेस्ट, MRI, X-Ray, डेन्टल OPG, औषधी तथा अन्य धेरै सुविधाहरुमा ५ देखि १० % सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि बैंकका ग्राहकहरुले बैंकको मान्य डेबिट कार्ड/ प्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइल बैंकिङ्ग द्धारा गर्न भुक्तानी गर्नु पर्नेछ ।
Read full story at source (bishowkhabar.com)