नदीजन्य पदार्थ उत्खननमा रोक
nagariknews.nagariknetwork.com · Fri Jun 26 03:41:10 GMT 2026

कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गर्न रोक लगाएको हो।
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन कार्य हुँदै आइरहेको र पटकपटकका जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले कानुन बनाएरमात्र कानुनसम्मत रूपमा उत्खनन तथा उपयोग गर्ने निर्णय भएकामा त्यसको पालना नभएका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)