सत्तरी गाउँपालिकाद्वारा बजेट प्रस्तुत
gorkhapatraonline.com · Fri Jun 26 03:46:06 GMT 2026

लुम्बिनी प्रदेशका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम र बजेट समयमै गाउँ सभामा प्रस्तुत गरेका छन् । प्रदेशमा रहेका ७३ गाउँपालिकामध्ये ७० गाउँपालिकाले असार १० गतेभित्रै बजेट पेस गरेसँगै स्थानीय तहको योजना तथा बजेट निर्माण प्रक्रियामा उल्लेखनीय सुधार देखिएको छ ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अनुसार लुम्बिनी प्रदेशका कपिलवस्तु जिल्लास्थित मायादेवी र शुद्धोधन गाउँपालिका तथा रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाहेक अन्य सबै गाउँपालिकाले कानुनले तोकेको समयसीमाभित्र गाउँ सभा सम्पन्न गर्दै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
Read full story at source (gorkhapatraonline.com)