सडक स्तरोन्नतिपछि स्थानीय उत्साहित
deshsanchar.com · Fri Apr 04 17:15:38 GMT 2025

बन्दीपुर (तनहुँ) – बन्दीपुर गाउँपालिका– ५ स्थित थुम्का जोड्ने सडक ढलान तथा स्तरोन्नतिपछि स्थानीय उत्साहित भएका छन्।
बन्दीपुर गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको याम्पाचोकदेखि भुजेल गाउँ, थुम्का, कोरिखा, बाहुन भन्ज्याङ हुँदै बन्दीपुरका विभिन्न पर्यटकीय गाउँ (होमस्टे) पुग्ने यस खण्डमा नालीसहित स्तरोन्नति गरिएको छ। सडक स्तरोन्नतिसँगै विगतमा हिलो र धुलोका कारण आवतजावतमा भोग्नुपरेको सास्ती अन्त्य हुनाका साथै यातायात सञ्चालनमा सहज भएपछि स्थानीयवासी उत्साहित भएका हुन्।
Read full story at source (deshsanchar.com)