गुणस्तर कमजोर भेटिएपछि प्राधिकरणले फर्कायो ५० ट्रान्सफर्मर
onlinekhabar.com · Wed Aug 31 14:53:31 GMT 2022
१४ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५० वटा ट्रान्सफर्मर आफ्नो गुणस्तर मापदण्डसँग मेल नखाएको ठहर गरेर फिर्ता गरेको छ । देशका विभिन्न भागमा राख्ने चार्जिङ स्टेसनको राख्न भएको ठेक्काअनुसार आपूर्ति भएका २ सय केभीएका ट्रान्सफर्मर प्राधिरकणले फिर्ता गरिदिएको हो ।
प्राधिकरणको ल्याबले ती ट्रान्सफर्मरमा ‘चुहावट दर’ धेरै भेटेपछि स्वीकार नगर्न सिफारिस गरेको थियो । प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाकाअनुसार साङडोङ फुडा कम्पनीले उत्पादन गरेका ट्रान्सर्फमहरु नेपालको प्रणालीमा राख्न नसकिने गरी अस्वीकृत भएका हुन् ।
Read full story at source (onlinekhabar.com)