चलचित्रको माध्यमबाट सुदूरपश्चिमलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउनु पर्छ : मुख्यमन्त्री शाह
shilapatra.com · Tue Jun 30 14:55:25 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चलचित्रलाई प्रदेशको कला, संस्कृति, धार्मिक पर्यटन तथा पुरातात्त्विक सम्पदाको प्रवर्द्धन गर्ने प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताएका छन् । उनले चलचित्रमार्फत सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा चलचित्र पत्रकार संघ, कैलाली शाखाको सहकार्यमा आयोजित ‘चलचित्र क्षेत्रका विशेषज्ञहरूसँग चलचित्र विकास तथा नियमनसम्बन्धी अन्तर्क्रिया कार्यक्रम’मा मुख्यमन्त्री शाहले सुदूरपश्चिममा रहेका धार्मिक, पर्यटकीय तथा पुरातात्त्विक महत्त्वका सम्पदालाई चलचित्रमार्फत विश्वसामु पुर्याउन सकिने बताए ।
Read full story at source (shilapatra.com)