म्याद थपपछि पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी हिरासतमा
kendrabindu.com · Fri Aug 14 06:54:55 GMT 2026

काठमाडौ । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा सारिएको छ। सांसद अमरकान्त चौधरी र दीपिका सिंहसँग जोडिएको तस्बिर जनआस्था डटकममा सार्वजनिक गरेपछि सिंहको जाहेरीका आधारमा उनलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा बुधबार साँझ पक्राउ गरिएको थियो।
जिल्ला अदालतबाट म्याद थप भएपछि उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीबाट महाराजगञ्ज सारिएको प्रहरीले जनाएको छ। अनुसन्धानकै क्रममा प्रहरीले ललितपुरको झम्सीखेलस्थित जनआस्थाको कार्यालयमा छापा मारेर सीपीयू र ल्यापटपसमेत बरामद गरेको छ।
Read full story at source (kendrabindu.com)