बाढीले अस्तव्यस्त नुवाकोटमा तुइन र वैकल्पिक सडकबाट सम्पर्क जोडिँदै
annapurnapost.com · Tue Sep 01 04:23:53 GMT 2026

नुवाकोट : भोटेकोशी हुँदै चीनबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको बाढीले नुवाकोटका नदी किनारका बस्तीहरू बगाउनुका साथै सडक र पुल ध्वस्त पारेपछि ठप्प बनेको आवतजावतलाई तुइन र वैकल्पिक सडकमार्फत पुनः सञ्चालनमा ल्याइएको छ।
बाढी आएको छैटौं दिन सोमबारसम्म सडक सञ्जालबाट विच्छेद भएका क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको सक्रियतामा तुइन हालेर तथा वैकल्पिक कच्ची सडक खुलाएर यातायात र राहत वितरणलाई तीव्रता दिइएको छ।
Read full story at source (annapurnapost.com)