लागुऔषधसहित ११ जना पक्राउ
nepalnews.com · Fri Aug 14 07:30:29 GMT 2026

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनको रत्ननगर नगरपालिकाबाट दुई, कास्कीको बागलुङ बसपार्क र खुदीखोलाबाट एक/एक, दाङको तुलसीपुर उपमहानगरपालिकाबाट दुई, भक्तपुरको दुवाकोटबाट एक, तनहुँको आँबुखैरेनीबाट एक, झापाको भद्रपुर–५ नयाँबजारबाट एक, कैलालीको धनगढी उपमहानगरपालिका–७ जेपी चोकबाट एक र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बाट एक जना पक्राउ परेका छन्।
Read full story at source (nepalnews.com)