राष्ट्रसेवक बने बाढीका सिकार
gorkhapatraonline.com · Tue Sep 01 04:31:29 GMT 2026

कर्तव्य निर्वाहका क्रममा घरपरिवारबाट टाढा रहेका लुम्बिनी प्रदेशका केही राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका छन् । कतिपयको शव फेला परिसकेको छ भने केही अझै सम्पर्कविहीन छन् । बाढीमा परी ज्यान गुमाउनेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ मा बसोबास गर्दै आएका रसुवा टिमुरेस्थित अध्यागमन कार्यालयका अधिकृत यादव भण्डारी हुनुहुन्छ । गुल्मीमा जन्मिनुभएका ३७ वर्षीय भण्डारी छोटो समयमै सक्षम प्रशासकका रूपमा परिचित हुनुभएको थियो ।
भोटेकोशीको बाढीमा परेर बेपत्ता हुनुभएका भण्डारीको शव गोरखामा फेला परेको थियो । पोखरामा राखिएको शव उहाँका दाजु चूडामणि भण्डारीले सनाखत गरेपछि परिवारले अन्त्येष्टि गरेको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार सो पालिकाबाट रसुवामा राष्ट्रसेवामा खटिएका तीन जना कर्मचारीसमेत बाढीपछि सम्पर्कविहीन छन् । रुरुक्षेत्र–५ की अधिकृत अनिता पुरी, वडा नम्बर ६ का इन्जिनियरद्वय यमबहादुर दर्लामी र इन्जिनियर कपिलदेव ज्ञवालीको अवस्था अझै अज्ञात रहेको उहाँले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)