श्रीलङ्कामा एक हजारभन्दा बढी विदेशी पक्राउ
reportersnepal.com · Fri Aug 14 09:27:07 GMT 2026

कोलम्बो, २९ साउन । श्रीलङ्काली प्रहरीले साइबर अपराध तथा वित्तीय ठगीविरुद्धको कारबाही तीव्र पार्दै यस वर्ष हालसम्म २७ वटा अभियानमा एक हजार ९३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । सङ्गठित रूपमा सञ्चालन भइरहेका अनलाइन ठगीका सञ्जाल ध्वस्त पार्ने उद्देश्यले प्रहरीले कारबाही अघि बढाएको प्रहरी प्रवक्ता एफयु वुटलरले बिहीबार बताए ।
मिडिया सम्मेलनमा प्रवक्ता वुटलरले साइबर अपराध श्रीलङ्काका लागि प्रमुख सुरक्षा चुनौती बन्दै गएको बताए । उनका अनुसार आपराधिक सञ्जालले श्रीलङ्का तथा विदेशमा रहेका व्यक्तिलाई लक्षित गर्न डिजिटल माध्यम, सामाजिक सञ्जाल र अनलाइन वित्तीय प्रणालीको प्रयोग बढाउँदै लगेका छन् ।
Read full story at source (reportersnepal.com)