मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि साढे २१ करोड बजेट
lokaantar.com

सरकारले पाँचखालमा निर्माण गर्ने भनिएको मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि २१ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयमार्फत दुई शीर्षकमा उक्त बजेट विनियोजन गरिएको हो। आगामी आर्थिक वर्ष २०८३/८४ मा थप प्रक्रिया अघि बढाउन बजेट विनियोजन गरिएको जनाइएको छ। यसअघि करिब ११ हजार रोपनी जग्गा व्यवस्थापनलगायत प्रशासनिक कार्य सम्पन्न भएका थिए। पाँचखालमै निर्माण गरिने भनिएको उक्त विश्वविद्यालयका लागि सरकारसँग माग भएअनुसार ‘भौतिक पूर्वाधार विकास’ शीर्षकमा विनियोजित बजेटबाट थप काम अघि बढाइने काभ्रेपलाञ्चोकका सांसद बदनकुमार भण्डारीले बताए।
Read full story at source (lokaantar.com)