मन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङ मार्गको स्थलगत अनुगमन (तस्बिरसहित)
ratopati.com · Sat May 16 10:35:07 GMT 2026

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको स्थलगत अनुगमन गरेका छन् । मन्त्री लम्सालले सुरुङ मार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिएका हुन् ।
उनले निर्माणलाई तीव्रता दिन निर्देशन समेत दिए । निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयमा जानकारी गराउन आग्रह गरे । मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सडक विभागका महानिर्देशकसहित सुरुङ मार्गको स्थलगत अनुगमनको लागि पुगेका थिए ।
Read full story at source (ratopati.com)