पश्चिम एशियामा फेरि बढ्यो सैन्य तनाव, ट्रम्पले दिए इरानमाथि कडा कारबाही गर्ने धम्की
ratopati.com · Tue Sep 01 04:52:41 GMT 2026

दुबई । हालैका हप्ताहरूमा मत्थर भएको इरान र अमेरिकाबिचको आक्रमण पुनः भड्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमाथि थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार अमेरिकाले इरानको लाराक द्वीपमा आक्रमण गरेको थियो । यसको प्रतिकारमा इरानले सोमबार राति जोर्डनमा रहेका दुई अमेरिकी सैन्य आधारलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गर्यो ।