रसुवामा नेपाली सेनाको साहसिक उद्धारः टनेलभित्र फसेकासहित ८८३ जनाको ज्यान जोगियो
ratopati.com · Thu Aug 27 17:16:43 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र प्रतिकूल मौसमका बिच नेपाली सेनाले एक साहसिक उद्धार अभियान चलाएर ठुलो मानवीय क्षति हुनबाट जोगाएको छ । आज (बिहीबार) सेनाले जिल्लाका विभिन्न प्रभावित क्षेत्रहरूबाट कुल ८८३ जना मजदुर तथा स्थानीय बासिन्दाहरूको सफलतापूर्वक उद्धार गरेको छ ।
हिजोदेखि अप्पर त्रिशुली हाइड्रोपावरको टनेल (सुरुङ) भित्र मानिसहरू फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो । बाढीको तीव्र बहाव र जोमखिमपूर्ण अवस्थाका बिच नेपाली सेनाको टोलीले केही बेर अगाडि टनेलमा फसेका ३५० जना मजदुर र स्थानीयको सफल उद्धार गरेको छ ।
Read full story at source (ratopati.com)