बाढीपहिरो मृतकका परिवारलाई पशुपतिमा निःशुल्क दाहसंस्कार
gorkhapatraonline.com · Tue Sep 01 04:56:50 GMT 2026

पशुपति क्षेत्र विकास कोषले बाढीपहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई पशुपति क्षेत्रमा निःशुल्क दाहसंस्कार तथा किरियापुत्री सेवा उपलब्ध गराउने भएको छ।
कोषले जारी गरेको सूचनाअनुसार भदौ १० गते आएको बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिको सम्मानपूर्वक अन्त्येष्टि गर्न पशुपति क्षेत्रमा निःशुल्क दाहसंस्कार तथा किरियापुत्री सेवाको व्यवस्था गरिएको हो।
Read full story at source (gorkhapatraonline.com)