एसीसी प्रिमयर कप खेल्न जानुअघि के भन्छन् नवनियुक्त कप्तान सन्दीप ?
nepalpress.com · Fri Aug 14 11:54:57 GMT 2026
काठमाडौं । नेपाली एकदिवसीय क्रिकेट टिमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले सबै खेलाडी, कोच र क्यानसँग समन्वय गरेर टिमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो समय टोलीको प्रदर्शनलाई लिएर भइरहेका आलोचनाहरूको जवाफ मैदानबाटै दिने उनले बताए ।
एसीसी प्रिमियर कपका लागि मलेसिया प्रस्थान गर्नुअघि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै कप्तान लामिछानेले सो कुरा बताएका हुन् । उनले विगतका कमजोरीहरूबाट पाठ सिक्दै टोली नयाँ रणनीतिका साथ अगाडि बढ्न तयार रहेको स्पष्ट पारे ।
Read full story at source (nepalpress.com)