रसुवा बाढीः बुधबार २६ र बिहीबार २ मेगावाट मात्र बिजुली आयात
clickmandu.com · Thu Aug 27 17:19:37 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भएको तथा सहकर्मीहरु सम्पर्क बिहीन रहेको अवस्थापना पनि नेपाल विद्युत प्राधिकरणका कर्मचारीले दत्तचित्त भई क्रियाशील रहँदा विद्युत सेवालाई नियमित गर्न सफल भएको बताएका छन् । कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत बिजुली प्रणालीबाट बाहिर भए पनि प्राधिकरणले विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएको उनको भनाइ छ ।
बिहीबार साँझ स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी)मा पुगेर विद्युत् आपूर्ति व्यवस्थापनको समन्वय गर्नुभएका मन्त्री श्रेष्ठले बाढीबाट प्रभावित नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको र रसुवामा पुनःस्थापनाको प्रयास जारी रहेको जानकारी दिए ।
Read full story at source (clickmandu.com)