बाढीको वितण्डा : राति नाै वजेसम्म ३८९ शव फेला, ४६६ को उद्धार
nepalpress.com · Thu Aug 27 17:17:44 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य जारी छ । नेपाल प्रहरीले राति ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको जनाएको छ ।
प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लामा हालसम्म ३८९ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी (पूर्व) मा ८७ र नवलपरासी (पश्चिम) मा २७ वटा रहेका छन् । अझै २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् ।
Read full story at source (nepalpress.com)