आईक्यानको ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’मा नेपाल लाइफलाई स्वर्ण सम्मान
aarthiknews.com

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत जीवन बीमा विधामा स्वर्ण (गोल्ड) अवार्ड प्राप्त गरेको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले सोमबार काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित समारोहमा आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मूल्यांकन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरेको हो।
Read full story at source (aarthiknews.com)