एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ । सर्वोच्च अदालतले ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक नगर्न अन्तरिम आदेश जारी गरेको छ । गोपनियताको हक हनन भएको भन्दै एनसेलले प्रतिवेदन सार्वजनिक गरिएकोमा सरकारविरुद्ध बिहीबार अदालतमा मुद्दा दायर गरेकामा शुक्रबार सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णय बमोजिम सूचना तथा सञ्चार मन्त्रालयले साउन २८ मा उक्त प्रतिवेदन सार्वजनिक गरेपछि एनसेलले सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।
Read full story at source (hamrakura.com)