शीतलनिवासमा प्रधानमन्त्रीको ब्रिफिङ रास्वपा सभापतिबाट, यस्तो छ राष्ट्रपति पौडेलले नबुझेको कुरो
barnanmedia.com · Tue Sep 01 05:20:13 GMT 2026

सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतलनिवासमै गएर भेटे । भेटमा उनले बाढीको विपत्ति, त्यसले निम्त्याएको क्षति, उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले गरिरहेको कामका बारेमा जानकारी दिए । त्यसअघि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर यो जानकारी लिएका थिए ।
राष्ट्रपति पौडेलले सरकारले गरिरहेका कामकारबाहीको जानकारी कुनै दलको सभापतिबाट लिनुपरेको छ, देशको प्रधानमन्त्रीबाट होइन । अर्थात् प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति पौडेललाई नभेटेपछि पौडेलकै आग्रहमा लामिछाने शीतलनिवास पुगेको भन्ने बुझ्न गाह्रो छैन ।
Read full story at source (barnanmedia.com)