जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ?
barnanmedia.com · Tue Sep 01 05:12:11 GMT 2026

इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ भन्नुहुन्छ, भक्तपुर खुल्ला आकाशमुनिको सङ्ग्रहालय हो । कसैले जीवित सङ्ग्रहालय भन्छन् भने कसैले जीवित किताब भक्तपुरलाई । यसबाहेक इतिहासविद् जगदीशशमशेर राणाले भक्तपुरलाई नाचगानको सहर भनेर भन्नुहुन्थ्यो ।
जसले जे भने पनि भक्तपुर कलाकार नै कलाकारको नगर हो । रात्रिकालीन जीवन्त सांस्कृतिक प्रदर्शनी गर्ने गर्ने ठाउँ पनि हो यो । कतिलाई यो कुरा थाहा नहुन सक्छ तर भक्तपुरमा हरेक वर्ष गुन्हिपुुन्ही (जनैपूर्णिमा) को आठ रात नौ दिन यो सबै विषयवस्तु हेर्न सकिन्छ, त्यो पनि बिना शुल्क । गाईजात्राको चौथो दिनदेखि भक्तपुर नगरमा बाटोबाटोमा प्रत्यक्ष सांस्कृतिक कार्यक्रम हुने गर्दछ । यसमा नाच अनुसार बाजगाजा, गीतकार, कलाकारले प्रत्यक्ष प्रस्तुति दिने गर्दछ । यसलाई आधुनिक चल्नचल्ती भाषामा ‘लाइभ कन्र्सट’ पनि भन्न सकिन्छ ।
Read full story at source (barnanmedia.com)