ताँजाकोट गाउँपालिका फागुन २१ गते एचपिभी खोप अभियान सुरु हुने
deshsanchar.com · Mon Mar 03 17:15:18 GMT 2025

सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा फागुन २१ गतेबाट एचपिभी खोप अभियान सुरु हुने भएको छ। गाउँपालिका स्वास्थ्य शाखाले बनाएको खोप कार्यतालिकालाई सोमवार बसेको सरोकारवाला पक्षको बैठकलाई अनुमोदन गरे पछि उक्त मितिबाट खोप अभियान सुरु हुने भएको हो।
२१ गतेबाट २३ गतेसम्म पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताए। सोमबार शाखाको आयोजनामा वसेको सरोकारवाला पक्षको बैठकले सो कार्यतालिकालाई सदर गरेको छ।
Read full story at source (deshsanchar.com)