आईपीएलमा मुम्बई इन्डियन्सको तेस्रो जित
onlinekhabar.com · Thu Apr 17 17:57:57 GMT 2025
४ वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा मुम्बईले हैदराबादलाई ४ विकेटले हराएको हो ।
हैदराबादले दिएको १६३ रनको लक्ष्य मुम्बईले १८.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईका लागि विल ज्याक्सले सर्वाधिक ३६ रन बनाए । रायन रिकल्टनले ३१, रोहित शर्मा र सुर्यकुमार यादवले समान २६ तथा हार्दिक पान्ड्या र तिलक वर्माले समान २१ रन बनाए ।
Read full story at source (onlinekhabar.com)