जनताले अन्धकारको पीडा भोगेका बेला विशेष सुविधा लिनेले आफ्नो दायित्वबाट पन्छिन मिल्दैन : कुलमान
nagariknews.nagariknetwork.com · Tue Jun 09 06:07:15 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताले अन्धकारको पीडा भोगेका बेला विशेष सुविधा लिनेहरूले आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताएका छन्।
कानुनको शासन र राज्यको हितभन्दा माथि कोही हुन नसक्ने भन्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन्। उनले जब आमजनता दैनिक १८ घण्टासम्मको लोडसेडिङको अन्धकारमा बस्न बाध्य थिए, त्यही समयमा नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विशेष सुविधा लिएर विद्युत उपभोग गरेका औद्योगिक ग्राहकहरूले कानुनबमोजिम तिर्नुपर्ने प्रिमियम महसुल भुक्तानी गर्नु केवल कानुनी दायित्व मात्र नभइ नैतिक जिम्मेवारी पनि भएको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)