त्रिभुवन विश्वविद्यालयको रेक्टरमा सिंह र रजिस्ट्रारमा सिवाकोटी नियुक्त
ratopati.com · Tue Sep 01 05:33:36 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा अन्जना सिंह नियुक्त भएकी छिन् । त्रिवि उपकुलपति प्रा.डा. भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार रेक्टरमा सिंहलाई नियुक्त गरेका हुन् ।
यस्तै, रजिस्ट्रारमा सहप्राध्यापक रवीन्द्र सिवाकोटी नियुक्त भएको प्रधानमन्त्री स्रोतले बतायो । उनीहरुलाई आजै दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा नियुक्तिपत्रका लागि बोलाइएको छ ।
Read full story at source (ratopati.com)