खेतमा पानी पुगेपछि किसान खुसी
khabarhub.com · Tue Sep 01 05:34:18 GMT 2026

जनकपुरधाम – खेतमा पानी पुगेपछि सप्तरीका किसान खुसी भएका छन् । लामो समयदेखि आकाशेपानीको भरमा खेती गर्दै आएका किसानले यस वर्ष खेतीको मुख्य समयमा नहरमार्फत खेतसम्म पानी पुगेपछि खुसी भएका हुन् । बाली हुर्किने समयमा खेतमा पानी पुगेपछि जिल्लाका किसानले कृषि कार्य गर्न सहज भएको बताएका छन् ।
‘समयमा वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुने तथा रोपिसकेको धानमा सिँचाइको समस्या हुने अवस्था थियो’, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका किसान अशोक यादवले भने, ‘तर नहरमा पानी आएपछि राहत भएको छ ।’
Read full story at source (khabarhub.com)