रसुवा बाढीः ९८७ को मृत्यु, तीन हजार ९१६ सम्पर्कविहीन
gorkhapatraonline.com · Tue Sep 01 05:37:35 GMT 2026

रसुवा बाढीमा परी हालसम्म ९८७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणले देखाएको छ । प्राधिकरणले मङ्गलबार बिहान ९ बजेसम्म सार्वजनिक गरेको तथ्याङ्कअनुसार विपदबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको हो ।
प्राधिकरणका अनुसार विपदमा हालसम्म २७९ जना घाइते भएका छन् भने तीन हजार ९१६ जना सम्पर्कविहीन रहेका छन् । विभिन्न स्थानबाट घाइतेको उद्धार गरी उपचार गरिएको र केही उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
Read full story at source (gorkhapatraonline.com)