रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
nagariknews.nagariknetwork.com · Tue Sep 01 05:46:31 GMT 2026

‘भरे कुरा गरौँला।’ गत बुधबार बिहान करिब ६ः०० बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राखेका थिए। काम सुरु हुन लागेको थियो। यता रविना पाँच वर्षीया छोरीलाई विद्यालय पठाउने तयारीमा थिइन्।
त्यसको केही समयपछि रसुवाको भोटेकोशीमा भीषण बाढी आयो। बाढीको खबर पाएपछि रविनाले श्रीमानलाई फोन गरिन्। फोन उठेन। पटकपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन। बिहान ‘भरे कुरा गरौँला’ भनेर छुट्टिएको त्यो संवाद नै उनीहरूबीचको अन्तिम बन्न पुग्यो।
Read full story at source (nagariknews.nagariknetwork.com)