सुनको भाउ आज पनि ओरालोतिर
himalpress.com · Tue Sep 01 05:51:30 GMT 2026

काठमाडौँ- नेपाली बजारमा एक सातायता निरन्तर सुनको मूल्य ओरालो लागेको छ । सोमबाररको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
योसँगै मंगलबार छापावाल सुनको मूल्य ३ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख ६ हजार ६०० रुपैयाँमा झरेको थियो।
Read full story at source (himalpress.com)