साँघु स्वास्थ्य चौकीको दुईवटा भवन निर्माण
gorkhapatraonline.com · Sat May 16 11:51:48 GMT 2026

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघु स्वास्थ्य चौकीको दुईवटा भवन एकसाथ निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक स्रोतबाट साँघु स्वास्थ्य चौकीको दुईवटा भवन निर्माण गरिएको हो ।
उक्त भवनहरु निर्माण सम्पन्न भएसँगै शुक्रबार औपचारिक रुपमा उद्घाटन गरी भवन सञ्चालनमा ल्याउनुका साथै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । कुल एक करोड १७ ला ७७ हजार १८७ रुपियाँको लागतमा स्वास्थ्य चौकी भवनहरु निर्माण गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)