वरिष्ठ अधिवक्ता भट्टराईको टिप्पणी- प्रधानमन्त्री बालेनका अघि सभामुख र रास्वपा सांसद निरीह देखिए
nepalpress.com · Sat May 16 11:51:44 GMT 2026

काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले न्यायपालिकालाई कार्यपालिकाको प्रभावमा राख्ने प्रयास लोकतन्त्रका लागि घातक हुने टिप्पणी गरेका छन्। युवा संघले आज काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नहुने विषयमा सभामुखले रुलिङ गर्न सक्ने बताए।
उनले भने, ‘बालेनजीले यत्रो वितण्डा मच्चाउनु भएको छ। सभामुखले रुलिङ गर्न सक्नुहुन्छ। तर सभामुख के कुरामा विश्वस्त हुनुहुन्न भने मैले रुलिङ गरेँ भने प्रधानमन्त्री आउनुहुन्छ। तर सभामुखज्यूले रुलिङ गर्दा प्रधानमन्त्री आउनु भएन भने सभामुखको रुलिङमा प्रश्न उठ्थ्यो। त्यसैले प्रधानमन्त्रीको रिस्कको लागि आफ्नो पद किन रिस्कमा राख्ने भन्ने सोच्नुभयो।’
Read full story at source (nepalpress.com)