गोरखाको पृथ्वीनारायण मार्ग एक साताका लागि बन्द
gorkhapatraonline.com · Fri Jun 26 03:58:21 GMT 2026

गोरखा सदरमुकामको ऐतिहासिक मार्ग अर्थात् पीएन रोड (पृथ्वीनारायण मार्ग) अन्तर्गत गोरखा बसपार्कदेखि ठुलो आँगनसम्मको सडक एक हप्ताका लागि पूर्ण रूपमा बन्द गरिएको छ। सडक स्तरोन्नति तथा पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन उक्त सडक खण्डमा सवारीसाधन सञ्चालन अस्थायी रूपमा रोकिएको गोरखा नगरपालिकाले जनाएको छ।
सडक बन्द भएसँगै दैनिक आवतजावत गर्ने सर्वसाधारण, स्थानीय व्यवसायी, विद्यार्थी तथा पर्यटकलाई केही असुविधा हुने भए पनि निर्माण कार्य समयमै सम्पन्न गरी सुरक्षित, व्यवस्थित र गुणस्तरीय सडक उपलब्ध गराउने उद्देश्यले यो निर्णय गरिएको गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताउनुभयो।
Read full story at source (gorkhapatraonline.com)