ब्राजिलले अपनायो लामखुट्टेविरुद्ध लामखुट्टेको रणनीति, डेंगु ७० प्रतिशतसम्म नियन्त्रण
ratopati.com · Sat Aug 15 02:05:46 GMT 2026

बेलेम । ब्राजिलको बेलेम सहर दुई वर्षअघिसम्म डेंगुको गम्भीर प्रकोपबाट प्रभावित थियो । अस्पतालहरू बिरामीले भरिन्थे भने लामखुट्टे नियन्त्रणका लागि अत्यधिक मात्रामा किटनाशक रसायन छर्किँदा वातावरणमा समेत नकारात्मक असर परेको थियो । तर अहिले यही सहरले डेंगु नियन्त्रणका लागि लामखुट्टेलाई नै ‘हतियार’ बनाएर नयाँ उदाहरण प्रस्तुत गरेको छ । यो उपायबाट डेंगु तथा अन्य लामखुट्टेजन्य रोगमा ७० प्रतिशतसम्म कमी आएको बताइएको छ ।
बेलेमले स्थानीय स्तरमा निकै सरल तर प्रभावकारी उपाय अपनाएको छ । त्यसअन्तर्गत ‘लार्भिसाइड’युक्त विशेष बाल्टिन प्रयोग गरिन्छ । सानो फोहोर फाल्ने डब्बाजस्तो देखिने यी बाल्टिनले पोथी लामखुट्टेलाई आकर्षित गर्ने अँध्यारो र ओसिलो वातावरण उपलब्ध गराउँछन् । बाल्टिनभित्र विशेष लार्भिसाइड रसायनयुक्त जालीदार पट्टी राखिएको हुन्छ ।
Read full story at source (ratopati.com)