मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीदेखि कर्मचारीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने
ratopati.com · Tue Sep 01 06:22:14 GMT 2026

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीदेखि कर्मचारीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खातामा रकम जम्मा गर्ने भएका छन् । त्यसका लागि सोमबार बैठक बसेर नै निर्णय गरिएको विश्वविद्यालयका रजिष्ट्रार डा. अर्जुन बहादुर अयडीले बताए ।
उनका अनुसार, विश्वविद्यालय र मातहतका निकायहरूमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूबाट भदौ महिनाको मासिक तलब/पारिश्रमिक भुक्तानी गर्दा कट्टा हुनेगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्न निर्णय भएको छ ।
Read full story at source (ratopati.com)