उद्याेग मन्त्रालयकाे दाबी– आठ महिनालाई पुग्ने चिनी मौज्दात छ
shilapatra.com · Sat May 16 11:56:00 GMT 2026

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारले चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी निर्यातमा प्रतिबन्ध लगाएको विषयप्रति ध्यानाकर्षण भएको जनाएकाे छ । यस परिस्थितिलाई दृष्टिगत गर्दै मन्त्रालयले आम उपभोक्ताको हित, बजार मूल्यको स्थिरता तथा चिनीको सहज उपलब्धतालाई प्राथमिकतामा राखी आवश्यक कार्य गरिरहेको जनाएकाे छ ।
नेपाल चिनी उत्पादक संघका पदाधिकारीहरू र सरोकारवाला मन्त्रालय/निकायका प्रतिनिधिसँग भएको छलफलमा सहभागी उद्योगीहरूले बजारमा चिनीको सहज तथा सुलभ मूल्यमा नियमित आपूर्ति गर्न प्रतिबद्धता जनाए । नेपालमा सञ्चालनमा रहेका चिनी उद्योगहरूबाट उत्पादन भई मौज्दातमा रहेको परिमाण र हालसम्म आयात भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलगायतसँग करिब ८ महिनाको माग पूरा गर्ने चिनीको मौज्दात रहेको छ ।
Read full story at source (shilapatra.com)