पानी नपर्दा सुक्दै धानबाली, उत्पादन घट्ने जोखिम
gorkhapatraonline.com · Tue Sep 01 06:27:12 GMT 2026

सप्तरीमा तीन सातायता वर्षा भएको छैन । धान रोपाइँ सकेर उत्पादनको आशामा रहेका यहाँका किसानलाई यतिबेला आकाशतर्फ हेर्दै खेत जोगाउनुपर्ने बाध्यता भएको छ । पर्याप्त वर्षा नहुँदा खेतमा जमेको पानी सुक्दै गएपछि धानबाली जोगाउन किसानलाई कठिन हुन थालेको हो ।
आकाशमा बादल लाग्नेबित्तिकै पानी पर्ने आशामा रहेका किसान समयमै वर्षा नभए धानबाली सुक्दै जाने र उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने चिन्तामा छन् । कृषि ज्ञान केन्द्र सप्तरीले पनि अबको केही दिनमा वर्षा नभए धानबालीमा पानीको अभाव चर्किने र उत्पादन घट्ने जोखिम रहेको जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)