स्ववियु निर्वाचनः नर्सिङ कलेज, डिग्री कलेज र लेटाङ क्याम्पसमा अनेरास्ववियुको जित
deshsanchar.com · Sun Mar 19 16:45:29 GMT 2023
मोरङ – विराटनगर नर्सिङ क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुकी प्रशंसा पौडेल १९ मतान्तरले अध्यक्ष पदमा विजयी भएकी छन्।
क्याम्पसमा आइतबार भएको निर्वाचनमा पौडेलले ९७ मत हासिल गर्दा नेविसंघकी स्मारिका बराल ७८ मतमा सीमित भएकी छन्। निर्वाचन समितिका अनुसार क्याम्पसमा अनेरास्ववियुले सचिवबाहेक सबैमा जित हात पारेको छ। नेविसंघकी अध्यक्ष उम्मेदवार बराल १९ मतले पराजित हुँदा २ मत बदर भएको छ।
Read full story at source (deshsanchar.com)